धादिङमा आज १८५ जना संक्रमित, ३६ डिस्चार्ज र एक जनाको मृत्यु

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ १२, २०७८

धादिङ जेष्ठ १२ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधीमा १८५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ भने ३६ जना आजै डिस्चार्ज भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार धादिङमा आज निलकण्ठमा ३७, ज्वालामुखीमा ८०, त्रिपुरासुन्दरीमा ३, गंगाजमुनामा १७, थाक्रेमा ३६, धादिङ्ग अस्पतालमा १२ गरि १८५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । धादिङमा आजै ३६ जना कोरोना संक्रमण मुक्त बनेका छन् ।

निलकण्ठमा ६३ वर्षिय पुरुषको मृत्यु संगै जिल्लामा मृत्यु हुनेको संख्या ४४ पुगेको छ।

जिल्ला भित्र ११५२ र जिल्ला बाहिर १२६ गरेर धादिङ्गको सक्रिय केश १२७८ पुगेको छ । जिल्ला भित्र हस्पिटल आइसोलेसनमा २८, संस्थागत आइसोलेसनमा २२ र होम आइसोलेसनमा ११०२ जना रहेका छन् । त्यसै गरि जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा १६ र होम आइसोलेसनमा ११० जना रहेका छन् ।

निलकण्ठमा ७८, गजुरीमा १० र थाक्रेमा २२ गरि जिल्लामा आज ११० स्वाब संकलन भएको छ ।