धादिङको वाईसीएल कोरोना संकट व्यवस्थापनमा रुपान्तरित हुने

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ १२, २०७८

धादिङ जेष्ठ १२ । योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) धादिङले अब जिल्ला देखि गाउँ सम्म बनेका कमिटीहरुलाई कोरोना संकट व्यवस्थापन समितिमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

वाईसीएल धादिङ अध्यक्ष राजाराम रिजालका अनुसार आज बिहान सम्पन्न भर्चुअल बैठकले जिल्ला क्षेत्र हुँदै गाउँ स्तरमा बनेका सबै वाईसीएलका संरचनाहरुलाई कोरोना संकट व्यवस्थापन समितिमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले पालिका स्तरका अध्यक्षहरुलाई फोकल पर्सन तोकेको छ भने संघीय निर्वाचन क्षेत्र नम्बर १ मा राजकुमार कार्की र क्षेत्र नम्बर २ मा राजन अधिकारीलाई संयोजक तोकेको छ ।

बैठकले प्रतिगमन भाग दुईको आन्दोलनको अग्र मोर्चामा रहेर सशक्त संघर्ष गर्ने समेत निर्णय गरेको छ ।

निर्णय जस्ताको तस्तैः