
धादिङ जेष्ठ ११ । धादिङ जिल्लामा आज ९२ संक्रमित थपिएका छन् भने, ८८ जना कोरोना मुक्त हुँदै डिस्चार्ज भए यस्तै आजै ३ जनाको मृत्यु भएको छ ।
आज थपिने संक्रमितमा निलकण्ठमा ६०, गल्छीमा ९, गजुरीमा ५, त्रिपुरासुन्दरीमा ६, नेत्रवातिमा १०, खानियाबासमा २ गरि जिल्लामा ९२ छन् ।
आज डिस्चार्ज हुनेको संख्या ८८ रहेको छ ।
यस्तै निलकण्ठ नगरपालिका ३ का ७२ वर्षिय पुरुष, सिद्धलेकमा ३५ वर्षिय पुरुष र नेत्रवाति डवजोङका ४९ वर्षिय पुरुष गरि आज ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ, यो सँगै धादिङमा मृत्यु संख्या ४३ पुगेको छ ।
जिल्ला भित्रको सक्रिय केश ९८६ र जिल्ला बाहिरको सक्रिय केश १४३ गरेर धादिङ्ग को सक्रिय केश ११२९ पुगेको छ । जिल्ला भित्र हस्पिटल आइसोलेसन् मा ३०, संस्थागत आइसोलेसनमा धुनिबेसिमा १, गल्छीमा ७, गजुरीमा ७, त्रिपुरासुन्दरीमा ६, रुबिभ्यालिमा ३ र होम आइसोलेसन् मा ९३२ रहेका छन् । त्यसै गरि जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा १६ र होम आइसोलेसनमा १२७ रहेका छन् ।
धुनिबेसिमा २६ र थाक्रेमा ६ गरि आज ३२ स्वाब संकलन भएको छ ।