धादिङमा ४ दलको भर्चुअल बैठक, सशक्त आन्दोलन गर्ने निर्णय (को-को थिए बैठकमा नामावली समेत)

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ ११, २०७८

धादिङ जेष्ठ ११ । नेपाली कांग्रेस धादिङ, नेकपा (माओवादी केन्द्र) धादिङ, एमार्ले धादिङ (नेपाल समुह) र जनता समाजवादी पार्टी, नेपाल धादिङले भर्चुअल बैठक गरी वडा सम्म आन्दोलन परिचालन समिति बनाउने निर्णय गरेका छन् ।

चार दलका धादिङका केन्द्रीय नेताहरू, जिल्ला नेतृत्व, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र र गाउँपालिका तथा नगरपालिकाका पार्टी प्रमुखहरूको सहभागिता रहेको भनिएको उक्त बैठकमा ६० जना सहभागि भएका थिए ।

प्रतिनिधिसभा विघटनको असंवैधानिक तथा प्रतिगामी कदमका विरुद्ध सशक्त रुपमा संयुक्त रुपमा संघर्ष गर्ने निचोड सहित बैठक सकिएको बैठकमा सहभागि एक नेताले धादिङपोष्टलाई बताए ।

बैठकका निर्णयहरु

  • गम्भीर बनिरहेको कोभिड-१९ को संक्रमणको नियन्त्रण, रोकथाम र संक्रमितको उपचारमा चार वटै पार्टीका संयन्त्रहरूलाई पूर्ण रूपमा परिचालन गर्ने ।
  • जिल्लादेखि वडा तहसम्म संयुक्त आन्दोलन परिचालन समिति गठन गर्ने र आन्दोलनलाई वडा तहसम्म व्यापक बनाउने ।
  • आन्दोलनका सबै किसिमका कार्यक्रमहरू कोभिड-१९ लाई ध्यानमा राखी व्यवस्थापन गर्ने ।

यी हुन् वैठकमा सहभागी चारदलका नेताहरु