धादिङ अस्पतालमा अक्सिजन सिलिण्डर संख्या १६१ र कन्सन्ट्रेटर १२ वटा पुग्यो

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ ११, २०७८

धादिङ जेष्ठ ११ । धादिङबेसी सदरमुकाममा रहेको जिल्ला अस्पतालमा अक्सिजन सिलिण्डरको संख्या १६१ वटा पुगेको जिल्ला अस्पतालले जनाएको छ ।

५० शैयाको कोभिड जस्पताल समेत संचालन गरि रहेको जिल्ला अस्पताललाई सोमबार One Heart World Wide नामक संस्थाले १० वटा सिलिण्डिर दिए सँगै १६१ वटा र अक्सिजन कन्सन्ट्रेटर कन्सन्ट्रेटर (Oxygen Concentrator)  १२ वटा पुगेको सूचना अधिकारी बिक्रमि बिकले धादिङपोष्टलाई बताउनु भयो ।

अस्पतालमा भएको १६१ वटा अक्सिजन सिलिण्डर मध्य १३ वटा कामै नलाग्ने गरि विग्रेको अवस्थामा छ यस मध्य ५३ वटा अस्पताल आफ्नै हो भने अन्य सिलिण्डर कोभिड रोकथामको लागि सहयोग प्राप्त भएको हो ।