ज्यामरुङ स्वास्थ्य चौकीलाई अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री प्रदान

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ ११, २०७८

धादिङ जेष्ठ ११ । धादिङ-ज्यामरुङ-काठमाण्डौ सम्पर्क समितिले ज्यामरुङ स्वास्थ्य चौकीलाई २ वटा अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको छ ।

सोमाबार निलकण्ठ नीलकण्ठ ११ पांग्रे स्थित ज्यामरुङ स्वास्थ्य चौकीलाई अक्सिजन सिलिण्डर दुई थान , मास्क ३ हजार पिस, हेण्ड सेनिटाइजर १०० पिस ,पल्सअक्सो मिटर २ थान हस्तान्त्रण गरिएको सम्पर्क समतिका दिनेश गुरुङले धादिङपोष्टलाई जानकारी दिनु भयो ।