धादिङबेसीमा लकडाउन फितलो फेन्सी पसलहरु समेत खुल्छन्

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ ९, २०७८

धादिङ जेष्ठ ९ । गृह मन्त्रालयले ७७ वटै जिल्लाका सिडिओहरु र सुरक्षाका अंगहरुलाई कोरोना रोकथामको लागि लकडाउनलाई प्रभावकारी कार्यान्वयनका लागि मानिसहरुलाई घरबाहिर पनि निस्कन नदिनु भनेर परिपत्र गरि सकेको छ ।

यता धादिङमा भने जिल्ला प्रशासन धादिङले लगाएको लकडाउन फितलो बन्दै गएको देखिएको छ । अत्यावश्यक सेवा प्रवाह बाहेक धादिङबेसीमा सिरक-डसना पसल देखि फेन्सी पसलहरु समेत निर्वाध रुपमा खुल्ला हुँदा पनि प्रशासन मुकदर्शक बनेको छ ।

विशेषत धादिङबेसीका स्थानीयहरुले संचालन गरेका पसल भन्दा पनि धादिङ बाहिरबाट आएर व्यवसाय गर्नेहरुले लकडाउको उल्लङ्घन गरेको देख्न सकिन्छ । यहाँका टोल सुधार समिति तथा स्थानीयहरुले पनि लकडाउन उलङ्घनका विषयमा केहि बोल्ने गरेको देखिएको छैन ।

लकडाउन फितलो बन्दै जाँदा जिल्ला प्रशासनले भने आज देखि बैंक तथा वित्तिय संस्थाहरु आज देखि एक साताको लागि बन्द गराएको सूचना जारी गरि सकेको छ ।