धादिङमा आज १६८ जना संक्रमित, ३६ जना डिस्चार्ज, ३ जनाको मृत्यु

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ ८, २०७८

धादिङ जेष्ठ ८ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

जसमा निलकण्ठ नगरपालिकामा ४८, धुनिबेसी नगरपालिकामा ४५, गल्छी गाउँपालिकामा १, गजुरी गाउँपालिकामा १९, गंगाजमुना गाउँपालिकामा १३, थाक्रे गाउँपालिकामा ९ र धादिङ्ग अस्पतालमा ३३ गरेर आज जिल्लामा १६८ लाई कोरोना भाईरस पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टाको अवधिमा ३६ जना कोरोना मुक्त हुँदै डिस्चार्ज भएका छन् ।

यहि अवधिमा निलकण्ठ नगरपालिकामा ८६ वर्षिय महिला र धुनिबेसिमा ६३ र ५१ वर्षिय पुरुष गरि ३ जना संक्रमितहरुको मृत्यु भएको छ । यो संगै जिल्लाको मृत्यु संख्या ४१ पुगेको छ ।

जिल्ला भित्र ८५७ र जिल्ला बाहिर १३३ गरेर धादिङ्गको सक्रिय केस९९० पुगेको छ । जिल्ला भित्र हस्पिटल आइसोलेसनमा बस्ने १६ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा धुनिबेसिमा १, गल्छीमा ७, बेनिघाट्मा ६, गजुरीमा ९, त्रिपुरासुन्दरीमा ३, रुबिभ्यालिमा २ रहेका छन् । जिल्ला भित्र होम आइसोलेसनमा ८१३ जना रहेका छन्। त्यसैगरी जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा १४ र होम आइसोलेसनमा ११९ रहेका छन् ।

निलकण्ठमा १२६ र गजुरीमा २४ गरेर आज १५० स्वाब संकलन भएको छ ।