धादिङबेसी जेष्ठ ८ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ९ गते देखि एक साथा धादिङबेसी सदरमुकाममा रहेका बैंक तथा वित्तिय संस्थाहरुएक बन्द गर्ने निर्णय गरेको छ ।
धादिङबेसीमा कोरोना भाईरसको संक्रमणको जोखिम उच्च देखिएको र बैंकहरुमा सर्वसाधारणको भिडभाड देखिएकोले एक हप्ताको लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्ययले बताए ।