प्रतिनिधिसभा विघटन निर्वाचनको घोषणा

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ ८, २०७८

काठमाडौं जेष्ठ ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी कातिक २६ गते पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणका निर्वचनको घोषणा गर्नु भएको छ । यस अघि मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र शेरबहादुर देउवाले पेश गर्नु भएको दावी अस्वीकार गरे पछि मन्त्रिपरिषद्ले सो निर्णय गरेको थियाे ।