धादिङमा आज १३७ संक्रमित, ३ जनाकाे मृत्युु

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ ६, २०७८

धादिङ जेष्ठ ६ । धादिङ जिल्लामा गएकाे २४ घण्टाकाे अवधिमा १३७ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ भने ३ जना संक्रमितकाे मृत्यु भएकाे छ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएकाे जानकारी अनुसार पछिल्लो २४ घण्टामा निलकण्ठमा २, गल्छीमा २१, गजुरीमा ४, बेनिघाटमा १, त्रिपुरासुन्दरीमा ४९, गंगाजमुनामा २, खानियाबासमा ३२, सिद्धलेकमा १ र रुबिभ्यालिमा ३ गरेर जिल्ला भित्र ११५ जना र जिल्ला बाहिर २२ जना संक्रमित भएका हुन् । आजै धुनिबेसीमा ४८ बर्षीय र ७२ बर्षीय पुरुष र ज्वालामुखीमा ५५ बर्षीय पुरुष गरि आज तिन जनाको मृत्यु भएको छ। यो संगै जिल्लाको मृत्यु संख्या ३६ पुगेको छ। आज डिस्चार्ज हुनेको संख्या ८७ रहेको छ।

जिल्ला भित्रको सक्रिय केश ७८५ र जिल्ला बाहिरको १३२ गरेर जिल्लाको सक्रिय केश ९१७ पुगेको छ। जिल्ला भित्र हस्पिटल आइसोलेसनमा ९, संस्थागत आइसोलेसनमा २७ र ७४९ जना होम आइसोलेसनामा रहेका छन। त्यसै गरि जिल्ला बाहिर होम तथा हस्पिटल आइसोलेसनमा १३२ जना रहेका छन।
ज्वालामुखीमा आज २४१ स्वाब संकलन भएको छ।