धादिङका शैक्षिक धरोहर कृष्ण प्रसाद दाहालको स्वास्थ्यमा क्रमिक सुधार

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ५, २०७८

धादिङ जेष्ठ ५ । कोभिड १९ को संक्रमण पछि त्रिशुली अस्पतलामा उपचारत धादिङका शैक्षिक धरोहरका रुपमा परिचित कृष्ण प्रसाद दाहालको स्वास्थ्यमा क्रमिक सुधार भएको छ ।

उहाँलाई अहिले पनि भेन्टिलेटर मै राखेर उपचार गरिएको छ, अक्सिजन लेभल ९०-९१ को हाराहारीमा आईपुगेको छ, हिजो अस्तिको तुलनामा केहि सुधार भएको, उहाँको बुहारी कल्पना दाहालले त्रिशुली अस्पतालबाट धादिङपोष्टलाई बताउनु भयो ।

बोल्न सक्नु हुन्न, हामीलाई देख्दा आँशु झार्नु हुन्छ । केहि दिन पहिलो यो अवस्थामा समेत हुनुहुन्नथ्यो । अब चाहि स्वास्थ्यमा सुधार हुँदै गएको महसुस गरेका छौं कल्पना दाहाल बताउनु हुन्छ ।

धादिङ जिल्लाको विशिष्ट श्रेणीको पहिलो शिक्षक, एन प्याब्सनका केन्द्रीय सदस्य, धादिङका संस्थापक अध्यक्ष, धादिङ बोर्डिङका संस्थापक कृष्ण प्रसाद दाहालको हामी शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।