धादिङ अस्पतालमा अक्सिजन प्लान्ट बनाईने

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ २, २०७८

धादिङ जेष्ठ २ । धादिङबेसी स्थित जिल्ला अस्पतालमा 50 cylinder क्षमताको अक्सिजन प्लान्ट बनाउने बागमती प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री धादिङका प्रदेश सांसद डा. रामकुमार अधिकारीले बताउनु भएको छ ।

प्रदेश सरकारले धादिङबेसी अस्पतालमा अब पीसीआर ल्याव समेत राखिने र त्यो तयार नहुन जेल antigen test kit उपलब्ध गराईने, Dead body bag समेत उपलब्ध गराउने निर्णय मन्त्रालयले गरेको राज्यमन्त्री अधिकारीले धादिङपोष्टलाई बताउनु भयो ।