
घरमा सुतेको अवस्थामा सेनाले घेरा हाल्यो, झ्यालबाट फालहान्दै गर्दा विष्णु भट्टलाई सेनाको गोली लाग्यो, अर्धमृत शरिरलाई चरम यातना पश्चात सेनाले आजैका दिन ०५९ जेष्ठ २ गते हत्या गरेको थियो ।
बुबा अक्षता नन्द भट्ट र आमा सावित्री भट्टबाट वि.स.२०३८ साल पुष ९ गते धादिङ जिल्ला साविकको मैदी गाविस २ उखुबारीमा जेठो सुपुत्रको रुपमा क. विष्णु भट्ट (हरी) जन्मनु भयो । भाइहरु शिव, कान्छा, वहीनीहरु गंगा, गोमा, सिता, शर्मिला गरि नौं जनाको परिवार थियो ।
उहाले शमिभन्ज्याङ्ग उच्च मावि बाट कक्षा १० उत्रिर्ण गर्नुभयो । उहाँले विद्यार्थी जिवनमा शमिभन्ज्याङ्ग उच्च मा.वि.मा क्रान्तिकारी विद्यार्थी संगठनको वीज रोपेर संस्कृत शिक्षा, विद्यालयको भर्ना फि लगायत विद्यार्थी हकहितको संघर्षमा ठुलो आँधी ल्याउनुभयो । उहाँको सामन्त, शोेसक विरुद्घको संघर्षले सबै जनयुद्घ विरोधीहरु त्रसित हुन थाले ।
उहाँले पछि एसएलसी परिक्षालाई पनि थाती राखेर आमालाई छोडेर वि.स.०५५ पुष ११ मा तात्कालिन माओवादीले संचालन गरेको जनयुद्घमा हाम फाल्नु भयो । जनयुद्धमा उहाँको विष्णु भट्ट क. हरीको नामले चिनिन थाल्नु भयो । उहाँको पार्टीमै सिता तिमल्सिना सँग जनवादी विवाह भयो ।
२०५४ मा अखिल क्रान्तिकारीको स्कुल ईकाइ अध्यक्ष,२०५५ मा पार्टी सदस्य प्राप्त र जिल्लामा स्क्वायड कमाण्डर तथा तत्कालीन गण्डक क्षेत्रमा बनेको कम्पनीको सेक्सन भिसी समेत बन्न सफल भट्ट आवश्कताको कारण पुन धादिङ्ग फर्कनु भयो र पार्टी जिल्ला सदस्य र इलाका पार्टी सेक्रेटरी हुँदै वि.स. २०५७ मा विद्याथीे जिल्ला अध्यक्ष हुनुभयो ।
उहाँ सम्मिलित माओवादी कार्वाही
लम्जुङको भोर्लेटार प्रहरी चौकी, धादिङ्गको मैदी चौकी, नुवाकोटको तारुका प्रहरी कार्यलय, धादिङ्गको दार्खा प्रहरी कार्यलय, २०५८ जेष्ठमा तनुहुको भिरकोट प्रहरी चौकी, २०५८ मसिर मा स्याङजाको वालीङ इलाका प्रहरी कार्यलय,२०५९ मा गोरखाको ताकुकोट इ.प्र.का. कार्वाही ।
वि.स.२०५९ जेष्ठ २ गते स्थानिय सुराकीको सहयोगमा पिछा गर्दै गएको सेनाले साविकको खरी गाविस मैदान (हटीया) मा एक स्थानीयको घरमा सुतेको अवस्थामा सेनाले घेरा हाल्यो, उहाँ झ्यालबाट हामफाल्नु भयो । हात, खुट्टमा गोली लाग्यो । रगत्ताम्मे शरीर घिस्रदै, ब्यागबाट पार्टीको महत्वपुर्ण कागज पत्रहरु चपाउदै फाल्दै गर्नुभयो सेनाको घेरा तोड्न ग्रिनेट झिकेर पड्काउनु भएका उहाँलाई सेनाले कब्जामा लियो र यातना पश्चात हत्या गरेको थियो ।