
धादिङ जेष्ठ १ । धादिङबेसी स्थित लक्ष्मी हार्डवयरका संचालनक रमेश ढकालले धादिङको कोभिड अस्पतालमा रहेका विरामीहरुको लागि सहयोग गर्नु भएको छ ।
कोभिड अस्पतालमा रहेका संक्रमितहरुका लागि व्यवसायी ढकालले ५० कार्टुन मिनरल वाटर, साबुन एक कार्टुन, ब्रस एक कार्टुन र पेष्ट एक कार्टुन सहयोग गरिएको गर्नुभएको हो ।
केहि दिन अघि मात्रै धादिङबेसी स्थित कोभिड अस्पताललाई कोभिडको संक्रमणमा परेका व्यक्तिहरुको उपचारका लागि अक्सिजन भर्न तथा ढुवानीका लागि मुक्तिनाथ विकास बैंक धादिङले रु ८० हजार र धादिङ उधोग बाणिज्य संघले रु १५ हजार नगद, निलकण्ठ ८ साघुटार निवासी राम श्रेष्ठद्वारा पिउने पानी (मिनिरल वाटर) र ईन्द्रकुमार श्रेष्ठ (ढोलाली) खाद्य स्टोरले खाद्यान्न सामाग्री सहयोग गरका गरेका थिए