धादिङ अस्पतालमा अक्सिजन अभाव खाली सिलिण्डर सिमरामा लाईनमा

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ३१, २०७८

धादिङ बैशाख ३१ । विगत २४ घण्टा देखि धादिङ जिल्ला अस्पतालमा अक्सिजन अभाव भएको जिल्ला अस्पताल धादिङका मे.सु. त्रिभुवन झाले बताउनु भएको छ ।

काठमाडौंबाट अक्सिजन नपाएपछि सिमराबाट ल्याउने गरेका थियौं, हिजो देखि बारा जिल्लामा स्थित सिमरा मै लाईनमा छ, अबको २४ घण्टा पछि मात्रै पालो आउला भन्ने जानकारी आएको छ मे.सु. झाले धादिङपोष्टलाई बताउनु भयो ।

जिल्ला अस्पतालमा हाल २७८ वटा अक्सिजन सिलिण्डर छन् तर पनि अक्सिजन भर्न नसकिएकोले अक्सिजन चाहिने विरामीहरुलाई रिफर गर्न सुरु गरिएको अस्पतालले जनाएको छ । फाईल फोटो