धादिङमा शुक्रबार २२ जना संक्रमित थपिए, २० जना कोरोना मुक्त, १ जनाको मृत्यु

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ३१, २०७८

धादिङ बैशाख ३१ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार धादिङमा शुक्रबार २२ जना कोरोना संक्रमित थपिएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ ।

आज थपिएका संक्रमितहरुमा गल्छी गाउँपालिकामा ५, गजुरी गाउँपालिकामा ७ र थाक्रे गाउँपालिकामा १० गरेर आज जिल्ला भित्र २२ जना छन् भने आजैकोरोना मुक्त हुनेको संख्या २२ रहेको छ ।

यस्तै आज धुनिबेसी नगरपालिका ६ मा ५१ वर्षिय पुरुषको मृत्यु भएको छ यो सँगै धादिङका कोरोनाको कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

जिल्ला भित्रको सक्रिय केश ६९३ र जिल्ला बाहिरको सक्रिय केश २२९ गरेर धादिङ्गको सक्रिय केश ९२२ पुगेको छ । आज ज्वालामुखीमा ५२ र धादिङ्ग हस्पिटलमा ७६ गरेर १२८ स्वाब संकलन भएको छ ।