धादिङको कोभिड अस्पताललाई मुक्तिनाथ विकास बैंक र धादिङ उद्योग वाणिज्य संघको नगद सहयोग

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख ३०, २०७८

धादिङबेसी बैशाख ३० । धादिङ अस्पतालले संचालनमा ल्याएको अस्थायी कोभिड अस्पताललाई मुक्तिनाथ विकास बैंक र धादिङ उद्योग वाणिज्य संघले नगद सहयोग गरेका छन् ।

कोभिडको संक्रमणमा परेका व्यक्तिहरुको उपचारका लागि अक्सिजन भर्न तथा ढुवानीका लागि मुक्तिनाथ विकास बैंक धादिङले रु ८० हजार र धादिङ उधोग बाणिज्य संघले रु १५हजार नगद सहयोग गरेका हुन् ।

यस्तै कोभिड अस्पतालका लागि निलकण्ठ ८ साघुटार निवासी राम श्रेष्ठद्वारा पिउने पानी (मिनिरल वाटर) र ईन्द्रकुमार श्रेष्ठ (ढोलाली) खाध स्टोरले खाद्यान्न सामाग्री सहयोग गरका हुन् ।