
धादिङ बैशाख २८ । धादिङमा आज २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
आज संक्रमित हुनेमा गजुरी गाउँपालिकामा ४, बेनिघाट रोराङ्ग गाउँपालिकामा २ र गंगाजमुना गाउँपालिकामा १ गरेर जिल्ला भित्र ७ जना र जिल्ला बाहिर १४ गरी २१ जना छन् । धादिङमा आजै डिस्चार्ज हुनेको संख्या ७ रहेको छ ।
जिल्ला भित्र ५५७ सक्रिय केश र जिल्ला बाहिर २२३ सक्रिय केश गरेर धादिङ्गको जम्मा सक्रिय केश ७८० पुगेको छ।
गंगाजमुना गाउँपालिकामा १० र थाक्रे गाउँपालिकामा ९ गरेर आज जिल्लामा १९ स्वाब संकलन भएको छ ।