गजुरी गाउँपालिकाले आईशोलेशन बेड बढायो

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख २८, २०७८

धादिङ बैशाख २८ । धादिङको गजुरी गाउँपालिकाले बढ्दो कोरोना भाईरस संक्रमणलाई रोकथाम तथा उपचारको लागि आईशोलेशन बेड थप गरेको छ ।

केहि दिन अघि मात्रै २० शैयाको आइशोलेसन र ३ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको जनाएको गजुरी गाउँपालिकाले सोमबार गलौंदी स्थित कभर्ड हललाई आईशोलेशन कक्ष बनाई १० बेड थप गरेको हो ।

यो सँगै गजुरी गाउँपालिकामा सरकारी र निजी गरी आईशोलेशन बेड संख्या ४० पुगेको गाउँपालिका उप-प्रमुख सिता ढुङ्गानाले बताउनु भयो ।