नेपाल पक्षका सांसदले राजीनामा दिने कुरा चर्चा मात्रैः नेम्वाङ

Avatar photo
Dhadingpost
सोमवार, बैशाख २७, २०७८

काठमाडौं बैशाख २७ । नेकपा एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले एमाले नेता माधवकुमार नेपाल लगायतका नेताहरुले सामूहिक राजीनामा दिने कुरा चर्चा विषय मात्रै भएको बताउनुभएको छ ।

आइतबार नेता नेपालसँगको भेटपछि उहाँले आफूहरुले पनि नेता नेपालसँग राजीनामाको विषयमा कुरा उठाएको तर यस विषयमा नेता नेपाल पनि अनभिज्ञ हुनुहुन्छ, नेम्वाङ बताउनुहुन्छ ।

नेता नेम्वाङले नेता नेपाल लगायतको सामूहिक राजीनामाबारे आफूले केहीपनि नसुनेको कुरा सञ्चारमाध्यममार्फत मात्रै चर्चा भएको दोहो¥याउनुभयो । नमिलेका कुराहरु वार्ता र छलफलमार्फत टुंगोमा पुग्ने पनि एमाले नेताले दाबी गर्नुभएको छ । गोरखापत्रमा खवर प्रकाशित छ ।