धादिङको कोभिड अस्पतालमा १ जना मात्रै स्वास्थ्यकर्मी, अस्पतालका ४० स्वास्थ्यकर्मी संक्रमित

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख २४, २०७८

धादिङ बैशाख २४ । धादिङबेसी सदरमुकाम स्थित जिल्ला अस्पतालमा रहेको ४० जना स्वास्थ्यकर्मीहरु यो दोश्रो चरणको कोभिडबाट संक्रमित भएका छन् ।

स्वास्थ्यकर्मी कर्मचारीहरुमा कोभिड१९ को संक्रमण देखिएपछि ५० शैयाको अस्थायी कोभिड-१९ अस्पताल धादिङमा १ जना चिकित्सकले मात्रै सेवा दिई रहेका छन् ।

स्वास्थ्यकर्मीको अभाव भएपछि कोभिड-१९ संक्रमित स्वास्थ्यकर्मी कर्मचारीहरुले नै सेवा दिनुपरिरहेको वाध्यात्मक अवस्था छ ।

हाल डा।सबिन भन्डारीको नेतृत्वमा रहेको आईसोलेसन टीमले कोभिड-१९ संक्रमित बिरामीहरुको उपचार गर्ने मात्र नभएर दैनिक १५ ओटा सम्म अक्सिजन सिलिन्डर ३ तले आईसोलेसन भवनको सबै कोठामा बोकेर पुर्याउनु परिरहेको अवस्था छ ।