प्रेस युनियन धादिङद्वारा संक्रमित पत्रकारको उपचारमा सहयोग गर्न आग्रह

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २२, २०७८

धादिङ बैशाख १२ । नेपाल प्रेस युनियन धादिङले कोरोना भाईरसबाट संक्रमित पत्रकारहरुको उपचारमा सहयोग गर्न सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

नेपाल प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै संक्रमित पत्रकारहरुको उपचारमा सहयोग गर्न आग्रह गर्नुभएको हो ।

विज्ञप्तीमा भनिएको छ, विभिन्न बहानामा संचारकर्मीहरुलाई विदामा राख्ने, पारिश्रमिक नदिने, मानसिक तनाव सृजना गरिदिने कार्य यस अघिको लकडाउनमा देखिएकोले त्यस्ता क्रियाकलाप नगर्नुहुन आग्रह गर्दछौं ।

संवेदशील समयमा काममा रहने पत्रकारहरुको पेशागत र स्वास्थ्यको सुरक्षाका लागि पत्रकारहरुको सबै संगठनहरुको ऐक्यवद्धता र कार्यक्रम अगाडि आउनु आवश्यक छ ।

कोरोना संक्रमणबाट पत्रकारहरुलाई सुरक्षित राख्न, संक्रमित पत्रकारहरुको उपचार प्रक्रियामा सहयोग पुर्याउन संचारगृह, संचारसँग सम्बन्धित संस्थाहरुले तत्काल आफ्नो कार्यक्रम सार्वजनिक गर्न आग्रह गर्दै पुनः स्वास्थ्य सुरक्षा मापदण्डलाई पूर्ण रुपमा पालना गर्दै सचेत र सजगताका साथ आफ्नो कार्य गर्न हुन आम सञ्चारकर्मीहरुलाई आग्रह समेत विज्ञप्ती मार्फत गरिएको छ ।

विज्ञप्ती जस्ताको तस्तै