
धादिङ बैशाख २२ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार धादिङमा पछिल्लो २४ घण्टामा ३९ जनालाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
आज पुष्टि भएका संक्रमितहरुमा थाक्रे गाउपालिकामा ३ जना, गंगाजमुना गाउपालिकमा २, जिल्ला बाहिर ३२ जना र पालिका नखुलेको २ जना गरेर ३९ रहेको छन् ।
जिल्ला भित्र अहिले सम्म जम्मा सक्रिय केश ३३४ र antigen परिक्षण बाट आएको ९ जना पोजिटिभ गरेर ३४३ रहेको छ भने जिल्ला बाहिर सक्रिय केश १५३ रहेको छ ।
यो संगै आज धादिङ्ग जिल्लाको सक्रिय केश ४९६ पुगेको छ । जिल्ला भित्र होम आइसोलेसनमा ३१६ र हस्पिटल आइसोलेसनमा २७ रहेका छन । त्यसैगरी जिल्ला बाहिर होम आइसोलेसनमा १४६ र हस्पिटल आइसोलेसनमा ७ जना रहेका छन ।
आज निलकण्ठ नगरपालिकामा ९५ र गल्छी गाउपालिकमा २४ गरि जिल्ला भित्र ११९ स्वाब संकलन भएको छ ।