
धादिङ बैशाख २२ । धादिङको गजुरी गाउँपालिकाले बिहिबार देखि लागुहुने गरी बैशाख ३१ गते सम्मका लागि अत्यावश्यकिय सेवा वाहेका सबै सेवा बन्द हुने जनाएको छ ।
बढ्दो कोरोना भाईरसको संक्रमण रोक्न जिल्ला प्रशासनले गरेको लकडाउन पूर्णरुपमा पलन गर्न आग्रह गर्दै गजुरी गाउँपालिकाले बैशाख ३१ गते सम्मका लागि अत्यावश्यकिय सेवा वाहेका सबै सेवा बन्द हुने जनाएको हो ।
गजुरीका प्रमुख प्रशासकिय अधिकृत राजन घिमिरेले सूचना जारी गर्दै विपद् महामारी तथा दुर्घटना सङ्ग सम्बन्धित अत्यावश्यकिय सेवाहरु बाहेकका सम्पुर्ण सेवाहरु बन्द रहने जनाएका हुन् ।
