काठमाडौं, बैशाख २१ । हिमालय एयरलाइन्सले दुई उडान रद्द भएको जनाएको छ।
एयरलाइन्सले वैशाख २४ मा साउदीको दमाम र मलेसियाको क्वालालम्पुरबाट काठमाडौं उडान रद्द भएको जनाएको छ।सरकारले वैशाख २३ गते रातिबाट अन्तराष्ट्रिय उडान स्थगन गरेसँगै साउदी र मलेसियाका उडान बन्द भएका हुन्।
वैशाख ३१ गतेसम्म सबै अन्तराष्ट्रिय उडान स्थगित भएका छन्। एयरलाइन्सले अहिले टिकट लिएकालाई ३ महिनाभित्र बिनाशुल्क काठमाडौं आउन सक्ने उल्लेख गरेको छ।