काठमाडौं । यस वर्षको रमदान पर्वको अवसर पारि कतार सरकारले १४ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ ।
कतारस्थित केन्द्रिय कारागार तथा अन्य विभिन्न कारगारमा विभिन्न आरोपमा सजाय भोगिरहेका कैदी बन्दीलाई आममाफी दिइएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । यसअघि दूतावासले कोभिड संक्रमणलाई ध्यानमा राखी नेपाली कैदीलाई रिहाई गर्न दूतावासले अनुरोध गरेको समेत दूतावासको विज्ञप्तीमा उल्लेख छ ।
आममाफी पाएका नेपाली नागरिकको नेपाल फिर्ति सहज बनाउन कतार सरकारका सम्बन्धित निकायसँग दूतावासले समन्वय तथा सहजीकरण गर्ने समेत विज्ञप्तिमा जनाइएको छ ।
यस्तो छ दूतावासद्वारा जारी विज्ञप्ति :
