धादिङमा आज कोरोनाबाट १ को मृत्यु, ६८ जना संक्रमित

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख २१, २०७८

धादिङ बैशाख २१ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिका ६८ जना कोरोना भाईरस संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, आज थपिएका कोरोना संक्रमितहरुमा निलकण्ठ नगरपालिकामा ६५, धुनिबेसिमा २ र बेनिघाट रोराङ्गमा १ गरि ६८ जना छन् । जिल्ला बाहिर संक्रमितको संख्या ९ रहेको छ ।

जिल्ला भित्र अहिले सम्म जम्मा सक्रिय केश २८४ र जिल्ला बाहिर ११९ गरेर धादिङ्गको सक्रिय केश ४०३ छ । जिल्ला भित्र होम आइसोलेसनमा २६३ र हस्पिटल आइसोलेसनमा २१ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर होम आइसोलेसनमा ११४ र हस्पिटल आइसोलेसनमा ५ जना रहेका छन ।
धादिङ्ग जिल्लामा कोभिडको कारण गजुरीमा १ जनाको मृत्यु भएको छ र यस संगै जिल्लाको मृत्यु संख्या १८ पुगेको छ ।

आज गजुरी गाउपालिकामा ३ जनाको स्वाब संकलन गरिएको र गल्छी गाउपालिकामा २० वटा antigen परिक्षण मध्य ९ जनाको रिजल्ट पोजिटिभ आएको छ ।