धादिङ संक्रमणको उच्च जोखिममा, बैठक, भेला जारी, जान्ने बुझ्नेहरु नै भिडभाड गर्दै

Avatar photo
शुसिला रिजाल
शनिबार, बैशाख १८, २०७८

धादिङ बैशाख १८ । नेपालमा तिब्र गतिमा कोरोना भाईरस फैलिएको सबैले महसुस गरेका छन् । सरकारले उपचारका लागि अस्पताल बेड उपलब्ध गराउन नसक्ने स्थित पैदा भएको जनाई सकेको छ ।

धादिङ जिल्ला स्थित डीसीएमसीले पनि स्वास्थ्य सुरक्षाको मापदण्ड कडाईका साथ पालन गर्न आव्हान गर्न भनि सकेको छ । तर पनि धादिङमा संक्रमणको फैलावटलाई जानेबुझेका सर्कलबाटै खेलाचीको रुपमा लिएको प्रष्ट रुपमा देखिन्छ ।

राजनीतिक दलका बैठक, भेला, अन्तरक्रियहरु जारी नै छन्, हामीले कति स्थानीय तहमा जन प्रतिनीधि र कर्मचारीहरुले मास्क समेत नलगाएको सेनीटाईजरको व्यवस्था नगरेको पाएका छौं ।

विहे भोज भएकै छन्, सार्वजनिक कार्यक्रमहरुमा दलका नेता र जनप्रतिनीधहरुलाई जान भ्याई नभ्याई देखिन्छ । जिल्लामा शिक्षण संस्था र परिक्षा बन्द गराउन प्रमुख जिल्ला अधिकारीलाई धौं धौ परेको हामी सबैले देखेकै हौं ।

सरोकारवा निकायहरु नै कोरोना संक्रमणको जोखिमका बारेमा जान्दा जान्दै स्वास्थ्य सुरक्षा र संक्रमण रोकथामका लागि अबुझ बन्छन् भने धादिङमा कोरोनाले भयावह रुप नलेला भन्ने स्थिति छैन । यस तर्फ सबै सचेत रहनु पर्ने अहिलेको अवश्यकता हो ।

शनिबार मात्रै गजुरीमा बागमती प्रदेशका सांसद शन्त बहादुर चेपाङको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको देखियो । कार्यक्रम कुन स्तरको हो महत्वपूर्ण थियो थिएन् त्यो समिक्षाको पाटो होला तर यो संक्रमणको बेला कार्यक्रम गर्नु कति उचित थियो सरोकारवालाहरु बुझ्न जरुर छ ।

सांसद चेपाङ गजुरीमा चेपाङ र कुमालको कला, धर्म, भाषा र संस्कृति संरक्षण अन्तरक्रियामा प्रमुख अतिथि बनेर आएका हुन् । यो कार्यक्रममा गजुरी गाउँपालिकाका प्रमुख राजेन्द्र विक्रम बस्नेतको समेत सहभागिता रहेको थियो ।