धादिङमा थप १६ जनामा कोरोना पुष्टि, सक्रिय केस १९१ पुग्यो

Avatar photo
Dhadingpost
शनिबार, बैशाख १८, २०७८

धादिङ बैशाख १८ । धादिङमा पछिल्लो २४ घण्टाको अवधिमा १६ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

आज थपिएका संक्रमितहरुमा नीलकण्ठ नगरपालिकामा ४ जना, धुनीबेशी नगरपालिकामा २ जना, गजुरी गाउँपालिकामा१ जना, बेनिघाट रोराङ गाउँपालिकामा २ जना र त्रिपुरासुन्दरी गाउँपालिकामा २ जना, गंगाजमुना, सिद्धलेक र थाक्रे गाउँपालिकाका १-१ जना गरी कुल १६ जनामा छन् ।

यो सँगै हाल धादिङमा सक्रिय केस १९१ पुगेको छ । संक्रमित मध्ये ९९ जना जिल्ला भित्र र ९२ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् ।

जिल्ला भित्र होम आइसोलेसनमा ९० जना, मलेखु अस्पतालको आईशोशनमा १, धादिङ्ग अस्पतालको आइसोलेसनमा ७ जना र १ जना ICU मा रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । त्यसैगरि होम आइसोलेसनमा बस्नेको संख्या ८७ र अस्पतालको आइसोलेसनमा बस्नेको संख्या ५ रहेको छ ।