धादिङका निजी स्कुलले घरमै प्रश्न पत्र पठाएर परिक्षा लिँदै

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख १६, २०७८

धादिङ बैशाख १६ । कोरोना रोकथामका लागि सरकारले शैक्षिक संस्था बन्द र भौतिक उपस्थितमा परिक्षा समेत नलिन भने सँगै धादिङका निजी विद्यालयहरुले विद्यार्थीको घरमै प्रश्न पत्र र उत्तर पुस्तिका पठाई वार्षिक परिक्षा लिने भएका छन् ।

धादिङबेसी स्थित एड्भान्स एकेडेमी, न्यू किबो बोर्डिङ, धादिङ बोर्डिङले सूचना जारी गर्दै कोरोनाका कारण घरमै प्रश्न पत्र, उत्तर पुस्तिका पठाई (Exam From Home) परीक्षा लिन लागेको बताएका हुन् ।

पालिका स्तरीय कक्षा ८ बाहेकका सबै परिक्षा अब घरमै बसेर विद्यार्थीले दिन पाउने व्यवस्था गरेका छौं । कक्षा ८ को भने नगरपालिकाले गर्ने भएकोले हाल स्थगित नै हुने एड्भान्स एकेडेमीका प्रिन्सिपल भिम श्रेष्ठले धादिङपोष्टलाई बताउनु भयो ।