धादिङका स्वास्थ्य प्रमुख सहित १२ जनालाई कोरोना संक्रमण

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १५, २०७८

धादिङ बैशाख १५ । जिल्ला स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेल सहित १० जना र अन्य २ जना गरि १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वस्थ्य कार्यालय धादिङले दिएको जनाकारी अनुसार प्रमुख पौडेल सहित १० जना जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारी र गल्छी गाउँपालिकाका २१ वर्षिया महिला,२८ वर्षिय पुरुष गरि १२ जनालाई पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भएको हो ।

दास्रो चरणको कोभिड संक्रमित मध्ये ६६ जना जिल्ला भित्र र ४९ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने १ हजार ६७९ पुगेको छ ।