कोभिड महामारीः बोल्दा बोल्दै मृत्यु

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १४, २०७८

नेपालगञ्ज बैशाख १४ । कोरोना पोजेटिभ भएपछि ५२ वर्षका यि दम्पती अस्पतालमा भर्ना भएका हुन् । ‘श्रीमतीलाई श्वासप्रश्वासमा समस्या भएको हुँदा बल्लतल्ल भर्ना गराएँ, ‘खाली नहुँदा मैले नै बेड पाएन, अहिलेसम्म एउटै बेडबाट बुढाबुढीले उपचार गराइरहेका छौं,’ ।

नेपालगन्ज–२ घरबारी टोलका ब्यापारी हिमलाल न्यौपाने र उनकी श्रीमती दुर्गादेवी विगत चार दिनदेखि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना छन् । उक्त वार्डको ४५ नम्बर बेडमा यि दम्पतीले आलोपालो गरेर कोरोनाको उपचार गराइरहेका छन् । नागरिक दैनिकले खवर प्रकाशित गरेको छ ।

हिमलालको भन्दा दुर्गादेवीको स्वास्थ्य अवस्था कमजोर छ । श्वासप्रश्वासमा बढी समस्या भएकाले उनलाई अक्सिजन दिइरहनुपर्छ । हिमलालाई भने छाती दुख्ने समस्या छ । विगत तीन दिनयता बिरामीको चापले गर्दा अस्पताल भरिभराउ भएको स्मरण गर्दै हिमलालले भने, ‘हिजो अस्तीसम्म त खुट्टा टेक्ने ठाउँ पनि थिएन, एकछिन बेड खाली भएपनि तत्कालै सिरियस बिरामी आएपछि मानवताको नाताले छाडिदिए ।’ कोभिड वार्डमा भर्ना भएका बिरामीको बोल्दा बोल्दै मृत्यु भएको देख्दा आफ्नो होस नै उडेको हिमलाल सम्झन्छन् ।