
धादिङ बैशाख १२ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बीच भएको ३ बुँदे सहमति विपरित गजुरी किरान्चोकका नेकपा कार्यकर्ता इन्द्रबहादुर नगरकोटीलाई पक्राउ पुर्जी जारी गरिएको छ ।
फरार अभियुक्त भन्दै वैशाख ११ गते नगरकोटीको घरमा जिल्ला अदालत धादिङको आदेश पत्रलाई प्रहरीले पक्राउ पुर्जी पठाएर म्याद टाँसेको हो ।
नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बिच २०७७ फागुन २० गते प्राज्ञ प्रतिष्ठान, काठमाण्डौमा औपचारिक रुपमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवको साथमा पार्टी प्रवक्ता प्रकाण्ड र केन्द्रीय सदस्य दिपक र नेपाल सरकारका प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली बिच तीन बुदे सहमति पत्रमा हस्ताक्षर भएको थियो ।
राजनैतिक मुद्धा राजनैतिक तवरले वार्ता र सम्बादको माध्यमबाट हल गर्ने सहमति भए पनि पुर्व सहमति विपरीत उत्तेजित एवम् त्रसित बनाउने किसिमको गतिविधि राज्यका निकायहरुले विप्लव नेतृत्वको नेकपा धादिङले जनाएको छ ।