
धादिङ बैशाख १२ । यतिबेला धादिङमा नेकपा एमालेको जिल्ला कमिटी दुई वटा छ । नेपाल पक्षको अध्यक्ष शिवराज कडेल र सचिव सुवास खतिवडा छन् भने ओली पक्षको अध्यक्षमा भुमि त्रिपाठी र सचिवमा अर्जुन गोर्खाली छन् ।
धादिङबेसी सदरमुकाममा रहेको मदन-आश्रित भवन (पार्टी) कार्यालय) मा नेपाल पक्षको उपस्थिति र कार्यक्रम देखिदैन भने ओली पक्षले पार्टी कार्यालयबाटै गतिविधिहरु गर्दै आईरहेको छ ।
ओली निकट राष्ट्रिय युवा संघ नेपाल धादिङको वैठकमा निर्देशनात्मक भनाई राख्दै जिल्ला सचिव अर्जुन गोर्खालीले एमालेको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गरि रहनु भएको छ । यहि नै आधिकारिक एमाले हो । तल देखि माथि सम्म फुटको सन्देश सहित समानान्तर कमिटिको जुन हर्कत भएका छन् त्यो पार्टी नीति र सिद्धान्त विपरित छ ।
गाउँ-गाउँ, टोल-टोलमा अब युवा संघले यस्ता भ्रमहरुको पर्दाफास गर्दै एमालेलाई कमजोर पार्न सकिन्छ कि भनेर समानान्तर गतिविधिहरु गर्नेहरुलाई ठेगान लगाउने सचिव गोर्खालीले बताउनु भएको बैठकमा सहभागि एक नेताले बताए ।
कि एमाले हैन भन्नु पर्यो, हैन भने एमाले दुई वटा हुन सक्दैन, एमालेको नेतृत्व केन्द्रमा केपी ओलीले र धादिङमा भुमि त्रिपाठीले गरि रहनु भएको छ । समानान्तर कमिटिको मन्चन गर्ने विरुद्ध युवा संघलाई भण्डाफोर गरेर अगाडी जान समेत सचिव गोर्खालीले निर्देशन दिएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल धादिङका अध्यक्ष दिपक खतिवडाको सभापतित्वमा उक्त वैठक शनिबार सम्पन्न भएको थियो । (तस्वीरः बैठक पछि पार्टी कार्यालयमा सामुहिक फोटो खिचाउँदै युवा संघका नेताहरु)