आरुघाटमा ८२ जनाद्वारा रक्तदान

Avatar photo
Dhadingpost
शनिबार, बैशाख ११, २०७८

धादिङ बैशाख ११ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका २ आरुघाटमा रहेको बिशालनगर ब्याडमिन्टन क्लवले आयोजना गरेको रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेका छन् ।

१५ औं लोकतन्त्र दिवसको अवसरमा बिशालनगर ब्याडमिन्टन क्लवले आरुघाटमा गरेको उक्त कार्यक्रममा ६६ पुरुष र १६ महिला गरी ८२ जनाले रक्तदान गरेका हुन् ।