
धादिङ बैशाख ११ । धादिङ क्षेत्र नम्बर २ का संघीय सांसद तथा नेकपा एमाले बागमती प्रदेश सचिब खेम लोहोनीले नेकपा एमाले धादिङ नुवाकोटको इन्चार्जको जिम्मेवारी पाउनु भएको छ ।
प्रधानमन्त्री केपी ओली निकट मानिनु हुने संघीय सांसद लोहनीलाई नेकपा एमाले केन्द्रिय कमिटी बैठकले उक्त जिम्मेवारी दिएको हो ।
२०३६ को विद्यार्थी आन्दोलनबाट राजनीति यात्राको सुरुवात गर्नुभएको लोहनी धादिङमा लोकप्रिय नेताका पमा परिचित हुनुहुन्छ । २०३६ देखि रेड गार्ड अर्गनाइजेसन, युथ लिग, क्याम्पस कमिटी सदस्य हुँदै राजनीतिमा क्रियाशील उहाँ २०४३ देखि निरन्तर जिल्ला र केन्द्रीय राजनीतिमा सक्रिय देखिँदै आउनु भएको छ ।