त्रिशुली किनारमा बन्ने चारधामका लागि सहयोग संकलनार्थ काठमाडौंमा भागवत कथा वाचन सम्पन्न

Avatar photo
Dhadingpost
सोमवार, बैशाख ६, २०७८

धादिङ बैशाख ६ । विश्व भागबत धाम कोष नेपालद्वारा सिद्धलेक गाउँपालिका- ६, परेवाटार धादिङको त्रिशुली नदीको किनार, निर्माणाधीन अवस्थामा रहेको “चार धाम” को सहयोगार्थ काठमाडौंमा कलंकी स्यूचाटारमा श्रीमद् भागवत महापुराण सम्पन्न भएको छ ।

बाल तपस्वी उत्तम भट्ट महाराजको मुखारबिन्दबाट २०७७ चैत्र ५ गतेदेखि दिनको २ देखि ५ बजेसम्म स्युचाटारमा भएको श्रीमद् भागवत महापुराण २०७८ बैशाख ५ गते सम्पन्न भएको हो ।

स्यूचाटार स्थित परिकार पार्टी प्यालेसमा भएको उक्त एक महिना सम्म चलेको श्रीमद् भागबत महापुराण कथा वचनबाट करीव ५० लाख दान प्राप्त भएको बताईएको छ ।