
सन्दिप स्याम्जेन तामाङ
धादिङ बैशाख ६ । धादिङबेसीमा पहिलो पटक सार्वजनिक यातायात सुविधा दिई रहेको टुकटुकेमा महिला चालक भेटिएकी छिन् ।
धादिङ बाहिरका जिल्लाहरुमा महिला चालक भएका सार्वजनिक यातायातका साधन प्रसस्तै भेटिए पनि धादिङमा भने पहिलो पटक सार्वजनिक यातायातमा महिला चालक भेटिएको हो ।
नीलकण्ठ नगरपालिका भुलभुले निवासी सविना गुरुङले धादिङ जिल्लामा पहिलो पटक अटो चलाएर रेकर्ड राखेकी हुन् । केटा होस् या केटी आखिर एक न एउटा काम गर्नै पर्यो त्यसैले मैले यहि पेशालाई अँगेलेकी हुँ चालक सविना बताउँछिन् ।
आफ्नै लागनिमा बागमती प्रदेश ०३००१ ज ०१८७ नम्बरको अटो चलाउन थलेको एक महिना भएको उनी बताउँछिन् । धादिङ बेसिको पुच्छर बजार देखि सिरान बजार सिरान देखि पुच्छर र अन्य ठाउँहरुमा नियमित सेवा दिँदै आएको यस अटो रिजर्भमा पनि जाने गरेको उनी बताउँछिन् ।