जसपा धादिङको बैठक सम्पन्न, यी हुन् बैठकले गरेकाे ३ निर्णय

Avatar photo
Dhadingpost
बैशाख ५, २०७८

धादिङ बैशाख ५ । जनता समाजवादी पार्टी धादिङको पदाधिकारीको बैठक विभिन्न तीन निर्णय गर्दै धादिङ बेशीमा सम्पन्न भएकाे छ । केन्द्र सदस्य राजु नेपालकाे प्रमुख अातिथ्यतामा बसेकाे बैठकले गरेकाे ३ निर्णय यी हुन् ।
१. प्रतिनिधि सभा १ नम्बर क्षेत्रको जसपा धदिङका उपाध्यक्ष सानुकान्छा तामाङले हेर्ने । साथै प्रतिनिधि सभा २ नम्बर क्षेत्र जिल्ला कार्यलयले नै हेर्ने ।
२. कमिटी अनुसार लेबी तोकेर लेबी नियमित गर्ने निर्णय गरियो । साथै पार्टी सदस्यता बितरण कार्य पनि अगाडि बढाउने ।
३. विभिन्न जवस, मोर्चाहरुको भेलाहरु गर्ने । जस्तै :- युवा, महिला, विद्यार्थी, तामाङ, शिल्पी लगायत ।