
धादिङ बैशाख ५ । देशभर समानान्तर कमिटी बनाईने घाेषणा गरेकाे नेपाल पक्षले धादिङमा शनिवार एक विशेष कार्यक्रमकाे आयाेजना गर्दै समानान्तर कमिटी घाेषणा गरेकाे छ । एमाले केन्द्रीय उपमहासचिब घनश्याम भुसाल, पोलिटब्युरो सदस्य अरुण नेपाल, राजेन्द्र प्रसाद पाण्डे लगायतका नेता उपस्थित उक्त भेलाले शिवराज कडेलको अध्यक्षतामा १ सय ९१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । भेलाले पार्टी जिल्ला कमिटीको उपाध्यक्षमा नारायण कार्कि, सचिवमा सुवास खतिवडा, उपसचिवमा जीवन तामाङलाई चयन गरेकाे छ ।
भेलाले जन वर्गीय संगठन तर्फ युवा संघ धादिङ प्रदीप फ्युवाको अध्यक्षतामा २ स ९३ सदस्यीय कमिटी गठन गरेकाे छ जसकाे युवा संघ उपाध्यक्षमा समीर गुरुङ, सचिवमा प्रदीप श्रेष्ठ, उपसचिव हस्तबहादुर तामाङ, कोषाध्यक्ष बिनोद ढुंगाना रहेका छन् । यस्तै अनेमसंघ धादिङ सीता ढुंगानाको अध्यक्षतामा १ सय ६१ सदस्यीय कमिटी बनाएकाे छ जसकाे उपाध्यक्ष भवानी सापकोटा र सबिता तामाङ, सचिवमा भगवती तिवारी, उपसचिवमा कृष्ण कुमारी श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मी उप्रेती चयन भएका छन् । ।