धादिङमा हुरीबतासकाे बितण्डा, लाखौंकाे क्षति

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ३, २०७८

धादिङ बैशाख ३ । धादिङमा हुरीबतासले बितण्डा बच्चाउदा लाखौंको क्षेति पुगेकाे छ ।
गत साँझ अाएकाे भिषण हुरी बतासका कारण बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६ र ७ मा १० घरको जस्ताको छाना, गजुरी गाउँपालिका वडा नम्बर २ मा १२ घर टेण्ट, नीलकण्ठ नगरपालिका खाल्टेको २ घर जस्ता, ज्यामरुङको ४ घर जस्ता र गल्छी गाउँपालिका वडा नम्बर ५मा १३ घरको जस्ता उडाएको छ । गल्छी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रेम तामाङले सबै सूचनान आइसकेको र आफू गाउँमै सूचना संकलनमा लागि रहेको बताउनुभयो ।

बेनिघाटरोराङ गाउँपालिका अध्यक्ष हरी डल्लाकोटी र प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण भट्टराईले हुरी बतासबाट घर उडाएको चौकी टोलको निरिक्षण गरिपालिका भरीमा क्षतिको विवरण संकलन गर्नका लागि सुरु गरिएको बताउनु भएको छ।