तिप्लिङका ईमरान नक्कली सुन देखाई ठगी गरेको आरोपमा पक्राउ

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २, २०७८

धादिङ बैशाख २ । धादिङ रुबीभ्याली गाउँपालिका १ तिप्लिङ निवासी २२ वर्षिय ईमरान, पन्तलाल तामाङ भन्ने रबिन्द्र थापा तमाङ नक्कली सुन देखाई ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।

काठमाडौं टोखा गनरपालिका ३ मा डेरा गरि बस्दै आएका उनले फलाममा सुनको जलप लगाएको पाता दिई सक्कली सुनको सिक्री र पैसा लिई ठगी गरेको ‍पाईएकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं बनस्थलीबाट पक्राउ परेका उनलाई महानगरीय प्रहरी परीसर काठमाण्डौ लगिएको प्रहरीले जनाएको छ ।