धादिङमा आज थपिए, ४ जना कोरोना संक्रमित

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २, २०७८

धादिङ बैशाख २ । धादिङमा आज २ जना महिला र २ जना पुरुष गरि ४ जनालाई कोरोना पोजेटिभ पुष्टि भएको छ ।

नीलकण्ठ नगरपालिकाका ५९ वर्षिया महिला, ६३ वर्षिय पुरुष, नेत्रावती डवजोङ गाउँपालिकाका ४२ वर्षिय पुरुष र गल्छी गाउँपालिकाका ३१ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको हो ।