सरकारद्वारा लोकतान्त्रिक योद्धा सम्मानित

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २, २०७८

काठमाडौं बैशाख २ । प्रधानमन्त्री केपी शर्मा ओलीले अझै पनि शहीद परिवारका सामाजिक सुरक्षा रोजगारी, बालबालिकाको शिक्षा, घाइते, असक्तताका भएकाको जनजीविकाका विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर सरकारले सोचिरहेको बताउनु भएको छ ।

‘लोकतान्त्रिक योद्धा सम्मान’ कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रका लागि बलिदान दिने र जीवन आहुति दिन तयार हुने लोकतान्त्रिक योद्धालाई सम्मान गर्दै योद्धा परिवारको जनजीविकाका विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर सरकारले सोचेको बताउनु भएको हो ।

काठमाडौँमा बुधबार आयोजित उक्त लोकतान्त्रिक योद्धा सम्मान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न आन्दोलनमा योगदान दिने व्यक्तिलाई खोजी–खोजी तथ्यका आधारमा सरकारले उचित सम्मान दिने र उक्त अभियान निरन्तर अघि बढ्ने बताउनु भयो ।
प्रधानमन्त्रीको समुपस्थितिमा कूल ३८१ लाई यसरी लोकतान्त्रिक योद्धा सम्मान गरिएको थियो । त्यसमा १७६ बहिर्गमित लडाकुसहित दुई जनआन्दोलनका शहीद, १८ सशस्त्र सङ्घर्षका शहीद, ४७ सेनातर्फका शहीद, ४१ प्रहरीतर्फका शहीद, सशस्त्र प्रहरीतर्फ १६, राष्ट्रिय अनुसन्धानतर्फ तीन र मधेश आन्दोलनका २० शहीद परिवारलाई सम्मान गरिएको थियो ।