
धादिङ बैशाख १ । नीलकण्ठ नगरपालिका वडा नं ८ स्थित ससाह कमेरेडाँडाँमा दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा ३ जना घाईते भएका छन् ।
धादिङबेशीबाट मलेखुतर्फ जाँदै गरेको बा ६२ प २३ नम्बरको मोटरसाईकल र कालिदहबाट धादिङबेशी बर्फ आउदैँ गरेको बा ७८ प ७३८५ नम्बरको मोटरसाईकल आज दिउँसो साँढे ४ बजे एकापसमा ठक्कर खाँदा ३ जना घाईते भएका हुन ।
घाईते हुनेमा सप्तरीको बिष्णुपुर गाउँपालिका घर भई हाल धादिङबेशी बस्दै आएका मोटरसाईकल चालक १९ वर्षिय मधि पुल्का, वर्ष ३० का यम महमत यहवशान र पर्साको उदयपुर घुल्मी गाउँपालिकाको बर्ष २२ का बिचारी पासवान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्ष जागेश्वर भण्डारी भण्डारीका अनुसार घाईते मध्ये २ जनालाई थप उपचारको लागि काठमाडौँ पठाईएको छ भने एक जनाको धादिङ अस्पतालमा उपचार भईरहेको छ ।