गजुरी भिमसेनस्थानका घर-घरमा खानेपानी धारा

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र ३१, २०७७

धादिङ चैत्र ३१ । गजुरी गाउँपालिका ५ भिमसेनस्थानका घर घरमा खानेपानी धारा पुगेको छ । पिडागाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गजुरी धादिङ मार्फत प्रयास नेपालले भिन्न संस्थाहरुको सहयो संकलगरी घर घरमा खानेपानी धारा पुर्याएको हो ।

पूर्णिमा कार्यक्रम अन्तरगत संचालित यस योजनाबाट १ सय ५४ घर-घरमा धारा र गजुरी पीडा माध्यमिक बिद्यालय बालमैत्री धारा र २ वटा सामुदायिक हलमा गरि १ सय ५७ वटा धारा मार्फत सबै घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध भएको छ ।

प्रयास नेपाल धादिङको १ करोड ३ लाख २१ हजार ६ सय ५५ रुपैया गजुरी गाउँ पालिकाको १४ लाख ६५ हजार रुपैया र स्थानीय उपभोक्ताबाट जनश्रमदान ४८ लाख ७३ हजार १ सय १९ रुपैया समेत गरि १ करोड ६६ लाख ५९ हजार ७ सय ७४ रुपैयाँ खर्चमा योजना सम्पन्न गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल जानकारी दिनु भयो ।

घर घरमा धारा पुर्याउने यस परियोजना सम्पन्न भए पश्चात आज एक कार्यक्रमको आयोजना गरी समुदायलाई हस्तान्तरण तथा उद्घाटन गरिएको छ । हस्तान्तरण तथा उद्घाटन कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष दिनेश भण्डारी अध्यक्षता तथा संघिय सासंद भुमि प्रसाद त्रिपाठीको प्रमुख अतिथ्यता र गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतको बिशेष आतिथ्यमा भएको थियो ।

उद्घाटन कार्यक्रममा गजुरी गापा वडा नं ५ का वडाध्यक्ष रामचन्द्र मिजार,वडा नं ६ का वडाध्यक्ष अर्जुन भुजेल प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेल,गैरसरकारी संस्था महासंघ बागमती प्रदेश समिति अध्यक्ष एवम् प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल, ईन्जिनियर सन्तोष ढकाल लगायतको सहभागीता रहेको थियोे ।