गजुरी महोत्सवमा शनिबार शिव परियार आउने

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २७, २०७७

धादिङ चैत्र २७ । धादिङको गजुरीबजारमा जारी प्रथम गजुरी महोत्सवमा भोली चैत्र २८ गते शनिबार चर्चित गायक शिव परियार आउने आयोजकले जनाएको छ ।

सर्लाहीमा जन्मेका शिव परियार करिब एक दसक देखि शास्त्रीय संगीत सिकेर, संगीत प्रशिक्षण र व्यावसायिक गायनमा लागेका उनको ‘कादम्बिनी’, ‘क्या दामी’ लगायत एल्बमहरु हिट छन् ।

उनी सँगै धादिङका स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले महोत्सवको सुरुको दिन देखि नै हरेक दिन ख्याति प्राप्त कलाकारहरुलाई स्थान दिदैं आई रहेको छ ।

समृद्ध धादिङको कामना एक घर एक व्यवसाय हाम्रो चाहाना भन्ने मुल नाराको साथमा साना तथा मझौला व्यवसायी महासंघ धादिङले आयोजना गरेको उक्त महोत्सवमा घरेलु तथा मझौला उद्योगबाट उत्पादित वस्तुहरुको प्रदर्शनी स्टलहरु विभिन्न खेल तथा मनोरञ्जका साधनहरु, कृषि प्रदर्शनी स्टल व्यवसायीक स्टलहरु राखिएको छ ।

महोत्सव आयोजक समितिका संयोजक सुमित श्रेष्ठका अनुसार हरेक दिन २१ हजार प्रथम पुरस्कार राशी रहेको नृत्य प्रतियोगिता भैरहेको छ । यस प्रतियोगितामा द्धितियले १५ हजार, तृतियले ११ हजार र सान्तोनाले ५ हजार पाउने बताईएको छ ।