धादिङ चैत्र २५ । आज देशभर नेपाल पत्रकार महासंघको निर्वाचन हुँदैछ । देशभर नेपाली काँग्रेसको प्रेस युनियन, माओवादी केन्द्रको प्रेस संगठन, नेपाल पक्षको प्रेस चौतारीको एउटा गठबन्धन भए पनि धादिङमा भने यो गठबन्धन भत्तिकएको छ ।
गठबन्धनको तर्फबाट धादिङको जिल्ला अध्यक्षको टिकट युनियनले पाएपछि गठबन्धन भक्तिम्दा ओली पक्षको चौतारी र नेपाल पक्षको चौतारी मिल्न पुगेका छन् भने माओवादी केन्द्रको प्रेस सेन्टर र नेपाली काँग्रेसको युनियन एक्ला एक्लै चुनावी मैदानमा जाने भएका हुन् । धादिङ जिल्लामा दुबै चौतारी मिल्दा अरु सबै संगठनको गठबन्धन बन्दा पनि हाउन नसकिने भएको चौतारीको सदस्य भएका कारण अन्य संगठनहरु चौतारीको मत तान्ने अन्तिम प्रयास तिर जुटेका छन् । यस चुनावमा धादिङपोष्टका प्रधान सम्पादक नारायण सिलवालले भने उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यी हुन् उम्मेदवारहरु