धादिङपोष्टका प्रधान सम्पादक नारायण सिलवाल पत्रकार महासंघ धादिङको उपाध्यक्ष पदमा उम्मेदवार

Avatar photo
Dhadingpost
बुधबार, चैत्र २५, २०७७

धादिङ चैत्र २५ । नेपाल पत्रकार महासंघ धादिङको आज हुन गहि रहेको निर्वाचनको लागि धादिङपोष्टका प्रधान सम्पादक नारायण सिलवालले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।

जनयुद्धको समयमा तात्कालिन माओवादीले नुवाकोटबाट निकाल्ने छाल र धादिङबाट प्रकाशित गर्ने आँखु सन्देश पत्रिकामा काम गर्दै पत्रकारिताको शुभारम्भ गरेका प्रधान सम्पादन सिलवालले एक कार्यकाल नेपाल पत्रकार महासंघ धादिङको कोषाध्यक्ष पदको भुमिका निर्वाह गर्दै आज सम्पन्न हुने निर्वाचनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् ।

०६१ सालबाट पत्रकारितामा क्रियासिल पत्रकार सिलवालले छाल, आँखु सन्देश, जनमुक्ति मार्ग, जनदिशा, गोरखापत्र, रिडियो बिहानी, सूचक सन्देश र धादिङपोष्टमा पत्रकारको रुपमा काम गरि सकेका छन् ।

क्रान्तिकारी पत्रकार संघ धादिङको जिल्ला अध्यक्ष हुँदै प्रेस सेन्टर धादिङको अध्यक्ष समेत बनि सकेका पत्रकार सिलवाललाई फेसबुकमा पार्टी नेता विरुद्ध स्टाटस लेखेको बहानामा २०७४ सालमा माओवादी केन्द्रले कार्वाही गरे देखि, न पार्टीले कार्वाही फुकुवा भन्यो न उनी राजनीतिमा सक्रिया भए हाल स्वतन्त्र पत्रकारीता गरेका क्रियाशिल मध्यका एक उनी, पत्रकारहरुको नजरमा महासंघलाई चाहिने पात्रको रुपमा परिचित छन् ।